site stats
बाह्रखरी :: Baahrakhari
देश
लागुऔषध नियन्त्रण विभाग बनाउँदै सरकार

काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका निम्ति आउँदो आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीबार (असार १२) काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले यस्तो घोषणा गरेका हुन् ।

सरकारले लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता दिएको उनले उल्लेख गरे । लागुऔषध नियन्त्रणका निम्ति सरकारले आउँदो आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने उनले जानकारी दिए । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका निम्ति विभिन्न योजना बनाएर काम गरिरहेको उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ, म यो आग्रह गर्न चाहन्छु,” उनले भने, “गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरू बनाएर काम गरिरहेको छ ।”

उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताए । देशभर कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषध दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेका उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्