राजनीति

काठमाडौं । सर्वोच्च अदालतले डा. मुकुल ढकालको रिटमा अन्तरिम आदेश छलफलका लागि निर्वाचन आयोग र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि डोकेको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले डा. मुकुलले प्रतिवादी बनाएका दुवैलाई आगामी असार १७ गते मंगलबार उपस्थित हुन सूचित गर्ने आदेश गरेको छ ।
प्रतिवादीमध्येको निर्वाचन आयोगलाई भने सर्वोच्चले डा. मुकुललाई रास्वपाको पदाधिकारीसहितको केन्द्रीय समितिको अद्यावधिक मिति तोकेर दिएको पत्रसहित उपस्थित हुन आदेश गरेको छ ।
रास्वपालाई भने डा. मुकुलको मागबमोजिमको आदेश गर्नु नपर्ने कारण भए १५ दिनभित्र लिखित रूपमा पेस गर्न कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १६:२१
प्रतिक्रिया दिनुहोस्