
काठमाडौं । अर्जेन्टिना तथा इटालियन क्लब एएस रोमाका मिडफिल्डर लियान्ड्रो पाराडेज आगामी सिजन अर्जेन्टिनी क्लब सिजन बोका जुनियर्समा फकर्ने भएका छन् ।
शुक्रबार रोयसर्टसले अर्जेन्टिनी शीर्ष डिभिजन क्लब बोका जुनियर्सका एक शीर्ष अधिकारीलाई उदृत गर्दै पाराडेजसँगको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ ।
३० वर्षीय पाराडेजका निम्ति सिरी ‘ए’ टोली रोमाले ३.५ मिलियन डलर ‘रिलिज क्लज’ राखेको छ । अर्जेन्टिनाबाट विश्वकपको उपाधि समेत उचालिसकेका उनले सन् २०१० मा जुनियर्सबाटै खेल करिअर सुरु गरेका थिए ।
उनी सन् २०१४ मा इटालियन क्लब रोमामा पुगेका थिए । त्यसयता उनले एम्पोली, रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्ग, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालियन क्लब युभेन्ट्सबाट खेलेका थिए ।