देश

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् । आइतबार बयानका लागि अदालत पुर्याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, उनी चोरी मुद्दाका आरोपी हुन् । उनी जेठ ३० गते पक्राउ परेका थिए ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १६:१९
प्रतिक्रिया दिनुहोस्