site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एलजीले गर्‍यो मानव–केद्रित एआईको सुरुआत
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोवेसनको अवधारणा 'एफेक्सनेट इन्टेलिजेन्स' सार्वजनिक गरेको छ । जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइएको थियो ।

यो अभियान सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । यसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको एआईको सुरुआतलाई दर्शाएको कम्पनीको भनाइ छ । कार्यक्रममा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई इन्नोभेसन्स प्रत्यक्ष रूपमा अनुभव गरिएको थियो ।

कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी उपस्थित थिए । दोस्रो दिनको कार्यक्रम सर्वसाधारणका लागि खुला गरिएको थियो । चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व महसुस भएको बताए । एलजीले सधैँ नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको पनि उनले बताए ।  

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्