site stats
बाह्रखरी :: Baahrakhari
देश
ङुइला नाका तीन महिनाका निम्ति खुला
गोरखास्थित सडकको दृश्य । फाइल तस्बिर ।

गोरखा । तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकम्पारस्थ्ति ङुइला नाका खोलिएको छ । तिब्बती सुरक्षाकर्मीले मंगलबार (असार १७)देखि उक्त नाका खुला गरेको चुमनुब्री–७ का पूर्ववडाध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

लामाका अनुसार, योपटक तीन महिनाका निम्ति नाका खुला गरिएको छ । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । गत वर्ष त्यो नाका एक महिनाका निम्ति खोलिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तिब्बती नाका खुला गरिएसँगै हालसालै संकलित यार्सागुम्बा, वनलसुनलगायत जडीबुटी उताको बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा र अरू आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुसी भएका छन् ।

चुमनुब्री–१ स्थित रुइला नाका भने खुला गरिएको छैन । रासस

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्