अर्थ व्यवसाय

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सुविधासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् ।
सो कर्जाको अवधि पाँच वर्ष रहेको छ । सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ १७:२८
प्रतिक्रिया दिनुहोस्