
काठमाडौं । संखुवासभामा मंगलबार साँझ भारी वर्षा भएको छ । पछिल्लो १ घण्टा संखुवासभाको नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको छ । सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
"असार १७, साँझ ५:४० बजे । पछिल्लो १ घण्टा संखुवासभाको नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेकोले सतर्कता अपनाइराखौँ," विभागले सूचना गरी गर्दै भनेको छ ।