site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलको दोस्रो संस्करणको निम्ति कर्णालीले गर्‍यो ६ खेलाडीलाई रिटेन

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको निम्ति गुल्सन झासहित ६ खेलाडीलाई रिटेन गरेको छ । एनपीएलको फ्रेन्चाइजमध्येको एक याक्सले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई रिटेन गरेको जनाएको हो । 

रिटेन भएका खेलाडीहरूमा गुल्सनसहित विपीन शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने जनाएको छ । तर, हालसम्म निश्चित मिति भने सार्वजनिक भएको छैन ।

यसअघि गत वर्ष मंसिरमा भएको प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्