
काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ । मंगलबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्साको पकहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगञ्ज महानगरपालिका–३, आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपककुमार सोनार छन् ।
पक्राउ परेका वर्णवालसँग कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा ९ लाख ४७ हजार फेला परेको हो । यस्तै, श्रीवास्तवसँग कृषि विकास बैंक लिंकरोडमा कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा १५ लाख ८१ हजार बरामद भएको हो ।
वीरगन्ज–१६, रजतजयन्ती चोकमा ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार सोनारबाट तीन लाख बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।