
काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ ।
बंगलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि गत वर्ष जुलाईमा शेख हसिनाले सत्ता छोड्नु परेको थियो । त्यसपछि, शेख हसिनालाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलोपटक हो ।
मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ ।
प्रमुख अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, "यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागु हुनेछ ।"
यसअघि प्रमुख अभियोजक ताजुल इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलनाको उजुरी दायर गरेका थिए । बीबीसी