
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्कीबासस्थित विनयी त्रिवेणी खोलामाथि नवनिर्मित २४५ मिटर लामो पुलबाट सवारीसाधन सञ्चालनमा ल्याइएको छ । बिहीबार (असार १९) बिहान करिब ११ बजदेखि उक्त पुलबाट गाडी चलाइएको नारायणगढ–बुटवल सडक योजनाले जनाएको छ ।
उक्त स्थानको पुल यसअघि बढी भारका कारण भाँचिएको थियो । र, नयाँ पुल निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
पुरानो पुलमा क्षतिपछि त्यहाँबाट सवारी आवागमन बन्द गरिएको थियो । सडक डिभिजन भरतपुरले अस्थायी ‘डाइभर्सन’ बनाएर गाडी सञ्चालनमा ल्याइएको थियो । तर, वर्षासँगै खोलामा पानीको बहाव बढेका बेला नौपटकसम्म डाइभर्सन बगाएको थियो । यात्रा कष्टकर बनेको थियो । जोखिम पनि बढेको थियो ।
भिडियो हेर्नोस्–