site stats
बाह्रखरी :: Baahrakhari
खेल
मिडफिल्डर बाइना एट्लेटिको मड्रिडमा अनुबन्धित

काठमाडौं । भियारियालका मिडफिल्डर एलेक्स बाइना एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । बिहीबार ला लिगाको क्लब एट्लेटिको मड्रिडले मिडफिल्डर बाइनालाई पाँच वर्षको निम्ति टोलीमा भित्र्याएको जनाएको हो ।

तर, क्लबले रकमको बारेमा भने खुलाएको छैन । स्पेनिस सञ्चारमाध्यमले भने बाइनालाई ५० मिलियन युरोमा भित्र्याएको रिपोर्ट सार्वजनिक गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२३ वर्षीय बेनाले भियारियालको सिनियर टोलीमा सन् २०२० मा डेब्यु गरेका थिए । डेब्युपछि उनी क्लबको पछिल्लो तीन सिजनमा नियमित खेलाडी समेत थिए । 

“म धेरै खुसी छु । मैले मेरो करियरको सबैभन्दा ठूलो खुड्किलो पार गरे । म स्पेन र युरोपको ठूला क्लबहरूमध्येको एकमा अनुबन्धित भएको छु,” एट्लेटिकोसँगको सम्झौतापछि बाइनाले भने ।

सन् २०२३ मा स्पेनको राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले पहिलो खेलमै गोलसमेत गरेका थिए । स्पेनले सन् २०२४ को युरो कप जित्दा पनि उनी टोलीमा थिए । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्