site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुईचारपटक मन्त्रीहरू विदेश नगए डेढ अर्ब यहीँ उठिहाल्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताएका छन् । शनिबार (असार २१) काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेकामा उनले जोड दिए । अब सामान्य खेती गरेर नहुने भन्दै उनले किसानलाई आधुनिक कृषिका निम्ति तालिम दिनुपर्ने औँल्याए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकामा आपत्ति जनाए । आफूले अहिले पनि २० बिघा जग्गामा उखुखेती गरिरहेको उनले सुनाए ।

सरकारसँग पैसा छैन भनेर उखु किसानलाई दिइँदै आएको अनुदान कटौती गर्नु गलत भएको उनले टिप्पणी गरे । उनले मन्त्रीहरूलाई विदेश भ्रमण जान चारपटकजति रोके डेढ अर्ब पैसा तत्काल निस्कने बताए ।

कार्यक्रममा शेखर कोइरालाको भनाइ पढ्नोस्–
अब छिटोभन्दा छिटो नेपाली कांग्रेसको नेतृत्व सभापतिजीले नै लिनुहुन्छ । लिएर अगाडि बढ्नुहोस् । सकारात्मक सोचबाट हामी अघि बढौँ । हामी सक्छौँ । हाइड्रोपावरमा हामीले ध्यान दिनुपर्छ । यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरूलाई लाग्ला यसले बढी बोल्यो भनेर । तर, म अहिले पनि २० बिघा उखु लगाउँछु । २० बिघा छ मेरो । यो सरकारको सोच कति गलत छ हेर्नुस् । सभापतिजीलाई थाहा नै छैन । २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो, उखु किसानलाई । यसपटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन । जम्मा डेढ अर्ब लाग्थ्यो । मन्त्रीहरू विदेश गएको गई देख्छु । दुईचारपटक मन्त्रीहरू विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ ! यस्तो सोच राखौँ । आमकिसानलाई त दिनुपर्छ । किसानलाई नयाँ टाइपले हेर्नुपर्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्