
काठमाडौं । साहित्यकार/समालोचक प्रा. डा. गोविन्दराज भट्टराईको ८०औँ कृति नियात्रासंग्रह ‘नयाँ भुटानको छायाँ चित्र’माथि विमर्श गरिएको छ ।
शनिबार (असार २१) काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. ज्ञानू पाण्डेले पाठकले पढ्नैपर्ने किताबका रूपमा यो कृति रहेको बताइन् । डा. पाण्डेले साहित्यकार भट्टराईमा पाठकमा पठनको लत बढाउन सक्ने खुबी रहेको चर्चा गरिन् ।
साहित्यकार हेमचन्द्र पोखरेलले यो पुस्तक एउटा पृथक् खजाना भएको बताए । प्रा. डा. कुमारप्रसाद कोइरालाले अमेरिकामा बसोबास गर्दै आएका भुटानीको विषद् चर्चा यो कृतिमा गरिएको उल्लेख गरे ।
कार्यक्रममा टेकनारायण पोखरेलले यो हृदयले लेखिएको पुस्तक भएको बताए । श्रीओम श्रेष्ठ ‘रोदन’ले यो पुस्तकले आफ्नै किसिमको अर्थ बोकेको उल्लेख गरे ।
डा. भट्टराईले आफूले कृतिमार्फत भुटानीको स्थितिलाई उजागर गरेको बताए ।
ओरिएन्टल पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा डा. तुलसी भट्टराई, अनिता पन्थी, अनिता कोइराला, लक्ष्मण वियोगी, शान्ति रिसाल, नारायणप्रसाद शर्मा, हरि गौतमलगायत साहित्यकारले कृतिमाथि चर्चा गरे ।