site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१५७ रुपैयाँमा एफपीओ निष्कासन गर्न हिमालयन बैंकलाई बोर्डको अनुमति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न आइतबार अनुमति दिएको हो ।

हाल बैंकको बजार मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ । बैंकको २१ करोड ६५ लाख ६६ हजार १५८ कित्ता सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत छ ।

एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ । अब क्यापिटलले विवरणपत्र सार्वजनिक गरेर एफपीओ निष्कासन मिति घोषणा गर्नेछ । एफपीओमा सबैले आवेदन दिन सक्नेछन् । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्