देश

काठमाडौं । सिन्धुपाल्चोक आसपास ‘मध्यम’ वर्षा भएको छ । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकस्थित गोब्रे, चौतारा, घुमथाङलगायत आसपासका स्थानहरूमा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
"असार २२, राति ९:२० बजे । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकस्थित गोब्रे, चौतारा, घुमथाङलगायत आसपासका स्थानहरूमा मध्यम वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने भएकाले सतर्कता अपनाइराखौँ," विभागले जारी गरेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ २१:४१
प्रतिक्रिया दिनुहोस्