site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चमा प्रस्तावित न्यायाधीशहरूको अनुमोदन
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।

समितिले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्यन्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, न्याय परिषद् सदस्यमा महेशकुमार नेपालको नाम अनुमोदन गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

नेकपा (माओवादी केन्द्र)ले भने बैठक नै बहिष्कार गरेको थियो । व्यक्तिका नाममा आपत्ति नभए पनि समावेशी हुनुपर्ने माग माओवादीको थियो ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्