site stats
बाह्रखरी :: Baahrakhari
खेल
अमेरिकालाई हराउँदै मेक्सिको बन्यो कोन्काकाफ गोल्डकप च्याम्पियन

काठमाडौं । अमेरिकालाई फाइनलमा २–१ ले हराउँदै मेक्सिकोले कोन्काकाफ गोल्डकपको उपाधि जितेको छ ।

सोमबार अमेरिकाको एनआरजी रंगशालामा सम्पन्न खेलमा मेक्सिकोलाई जित दिलाउन राउल जिमेनेज र एड्सन आल्भारेजले गोल गरे । घरेलु टिमका क्रिस रिचर्डसले गोल गरे पनि अमेरिकाले त्यसलाई जोगाउन सकेन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको चौथो मिनेटमा रिचर्डसको गोलमा अमेरिकाले अग्रता बनाएको थियो । तर, २७औँ मिनेटमा जिमेनेजले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काए । ७७औँ मिनेटमा आल्भारेजले गोल गर्दै मेक्सिकोलाई २–१ को अग्रतामा राखे ।

आल्भारेजको यही गोल निर्णायक बन्दा मेक्सिको पुनरागमन जितसहित लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । योसँगै मेक्सिकोले कोन्काकाफ गोल्डकपको उपाधि संख्यालाई १० पुर्‍याएको छ । यसबाहेक, मेक्सिकोले कोन्काकाफ नेसन्स लिगको उपाधि पनि तीनपटक जितेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्