
काठमाडौं । घरेलु टिम इंग्ल्यान्डविरुद्धका दोस्रो टेस्टमा भारतले ३३६ रनको फराकिलो जित निकालेको छ ।
आइतबार विजेताको टुंगो लागेको खेलमा भारतले प्रस्तुत गरेको ६०८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले दोस्रो इनिङमा २७१ रनमात्र बनाउन सक्यो ।
दोस्रो इनिङमा इंग्ल्यानडका जेमी स्मिथबाहेक अन्यको ब्याटिङ सम्झनलायक रहेन । स्मिथले ८ रन बनाउँदा ९९ बलमा नौ चौका र चार छक्का प्रहार गरे । ब्राइडन कर्सले ३, कप्तान बेन स्टोक्सले ३३, ओपनर बेन डकेटले २५ र ओले पोपले २४ रन थपे ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका आकाश दीपले सर्वाधिक ६ विकेट लिए । २१.१ ओभर बलिङ गरेका उनले दुई मेडनसहित ९९ रन खर्चिए ।
यसबाहेक, मोहम्मद सिराज, प्रसिद्द कृष्णा, रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान एक–एक विकेट लिए ।
त्यसअघि, पहिलो इनिङमा भारतले ५८७ रन बनाएको थियो । पहिलो इनिङमा ४०७ रनमात्रै बनाएको इंग्ल्यान्ड १८० रनले पछि परेको थियो । दोस्रो इनिङमा भारतले ४२७ रन बनाएपछि इंग्ल्यान्डले जितका निम्ति ६०८ रनको विशाल लक्ष्य पाएको हो ।
यो जितसँगै पाँच खेलको शृंखलामा भारतले १–१ को बराबरी गरेको छ ।