site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्रले भने– नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यति बेला नेपाल र नेपालीका निम्ति प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार (असार २३) निर्मलनिवासमा आफ्नो ७९औँ जन्मदिनका अवसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

हाल बाढीपहिरोको समय रहेको भन्दै उनले यसबाट जोगिएर बस्न समेत आग्रह गरे । उनले पानीजन्य रोगबाट पनि बच्न सुझाव दिए । “अहिले वर्षाको समय हो, बाढीपहिरोको जोखिम छ । पानीजन्य बिमारीहरू पनि हुन्छन्,” उनले भने, “सबै दाजुभाइ, दिदीबहिनीहरू सतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ । यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने टिप्पणी गरे । उनले नेपाल नै आफूभित्र समाहित हुनुपर्ने अनि मात्र देशको माया जाग्ने बताए । “हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन । नेपालै हामीभित्र हुनुपर्छ, अनि हामी नेपाली हुन्छौँ,” उनले भने ।

जन्मदिनका अवसरमा उनलाई निर्मलनिवासमा शुभकामना दिनेहरूको भीड देखिन्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्