site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'कुलिङ पिरियड'बारे छानबिन समितिमा रहने सबै सांसदको नाम टुंगियो, कुन दलबाट को ?

काठमाडौं । निजामती विधेयकको 'कुलिङ पिरियड'मा भएको चलखेलबारे संसदीय छानबिन समितिका लागि सबै सांसदको नाम टुंगिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सातै सांसदको नाम टुंगिएको हो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले)बाट नारायण आचार्य र ईश्वरी घर्ती रहनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की रहनेछन् ।

संघीय निजामती विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ गते पारित भएको थियो । विधेयकलाई प्रतिनिभिसभाले असार १५ गते पारित गरेको थियो ।

प्रतिनिधिसभाबाट पारित भएपछि विधेयकमा 'कुलिङ पिरियड'का सम्बन्धमा गरिएको व्यवस्थामा चलखेल भएको खुलेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्