site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जहाजैमा’ले लियो रिलिज डेट

काठमाडौं । चलचित्र ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनुभन्दा दुई महिनाअगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।

चलचित्रलाई आरआर फिल्मसले वितरण गर्ने भएको छ । कृषा चौलागाईंको निर्देशन रहने चलचित्रमा अभिमन्यू निरवीको लेखन र पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया अनुबन्ध भइसकेका छन् । ‘जहाजैमा’ भदौबाट छायांकनमा जानेछ । 

उज्ज्वल गुरागाँइको निर्माण रहने चलचित्र नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ । 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्