
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका व्यवसायीलाई आफूले नेपालको जलविद्युत्, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न आह्वान गरेको बताएका छन् ।
आफ्नो स्पेन भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै उनले भने, “नेपाल दक्षिण एसियामा व्यवसाय अनुकूल वातावरण भएको एक अग्रणी राष्ट्र भएको चर्चा गर्दै जलविद्युत्लगायतका नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य एवं पर्यटनजस्ता सम्भाव्य क्षेत्रमा लगानी गर्न स्पेनी व्यावसायिक समुदायलाई आह्वान गरेको छु,” प्रधानमन्त्री ओलीले भने ।
असार १८ गते साँझ स्पेनको व्यावसायिक समूहसँग त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आह्वान गरेको उनले जनाए ।
“नेपालले सरल र सहज व्यावसायिक वातावरण निर्माणका लागि गरेका नीतिगत, संरचनागत तथा प्रक्रियागत सुधारको कार्यहरूको चर्चा गरेँ, जानकारी गराएँ,” उनले भने ।