site stats
बाह्रखरी :: Baahrakhari
खेल
लोनमा टर्किस क्लब पुगे अल–नासरका डुरान

काठमाडौं । साउदी प्रो–लिगको क्लब अल–नासर तथा कोलम्बियाका फरवार्ड जोन डुरानलाई टर्किस क्लब फेनरबाचेले भित्र्याएको छ । फेनेरबाचेले सोमबार डुरानलाई लोनमा एक वर्षका निम्ति अनुबन्ध गरिएको जनाएको छ ।

“क्लबले अल–नासर र र डुरानसँग एक वर्षका निम्ति लोनमा अनुबन्ध गर्ने सम्झौता गरिसकेको छ । हामी डुरानलाई सफलताका निम्ति अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ,” फेनेरबाचेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डुरान अल–नासरमा आएको ६ महिनामै फेनरबाचे पुगेका हुन् । उनलाई अल–नासरले इंग्लिस कलब एस्टोन भिल्लाबाट ७१ मिलियन पाउन्डमा भित्र्याएको थियो । डुरानले गत सिजन भिल्लाबाट २९ खेल खेल्दा १२ गोल गरेका थिए ।

उनी गएको जनवरीमा अल–नासरमा अनुबन्ध भएका थिए । उनले क्लबबाट १८ खेल खेल्दा १२ गोल गरे ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्