site stats
बाह्रखरी :: Baahrakhari
खेल
साविक विजेता चर्च ब्वाइजविरुद्ध एपीएफको कठिन जित

काठमाडौं । एन्फा यू–१६ यूथ लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडविरुद्ध सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले १–० को कठिन जित निकालेको छ । 

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफलाई जित निकाल्न पुजन ढकालको गोल नै निर्णयक बन्यो । एपीएफले पुजनले  दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित निकालेको हो । 

खेलको पाँचौं मिनेटमा पुजनले टोलीलाई अग्रता दिलाएको थियो । 

खेलमा एपीएफले पेनाल्टी अवसर पनि पाएको थियो । तर, टोलीका आदर्श मेचेले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेनन् । 

जितसँगै एपीएफले लिगमा पहिलो तीन अंक जोडेको छ । यसअघि पहिलो खेलमा एपीएफले मछिन्द्रसँग ४–१ को हार व्यहोरेको थियो । अब उसले तेस्रो खेल अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।  खेल आगामी शुक्रबार (असार २७ गते) दिउँसो ४ बजे हुनेछ । 

दोस्रो खेलमा पनि पराजित साविक विजेता चर्च ब्वाइजले तेस्रो खेलमा  मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ । चर्च ब्वाइज यसअघि सम्पन्न पहिलो खेलमा फ्रेन्डस् क्लबसँग ७–० को लज्जास्पद हार व्यहोरेको थियो । अब उसले तेस्रोे खेलमा मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ । 

खेल आगामी आइतबार (असार २९ गते) बिहान १० बजे हुने तालिका छ । 

 


 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्