site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनकुने घटना : अदालतमा हाजिर हुन पुगेका सतीश पुर्पक्षका लागि कारागार चलान

कामाठाडौं । तीनकुने तोडफोड तथा आगजनी घटनामा थप एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत चैत १५ मा राजावादी आन्दोलनमा भएको आगजनी, तोडफोडसहितको घटनामा राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको अभियोग लागेका सतीश न्यौपाने लामो समय फरार रहेका थिए । 

बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुन पुगेका उनको बयानसहित थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

आदेशपछि न्यौपानेलाई डिल्लीबजार कारागार लगिएको छ र बुधबार नै अदालतमा हाजिर हुन पुगेका अभियुक्तहरू बिनञ्जय थापा र राजेन्द्र जिसी भने १५ हजार धरौटी राखेर तारेखमा रिहा भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्