site stats
बाह्रखरी :: Baahrakhari
खेल
चर्च ब्वाइज युनाइटेडले निकाल्यो पहिलो जित

काठमाडौं । सुशन थापा मगर र स्वपनील दर्नाल चम्किएपछि चर्च ब्वाइज युनाइटेडले एन्फा यू–१६ यूथ लिगमा पहिलो जित निकालेको छ । 

शुक्रबार चर्च ब्वाइजले लिगअन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडसँगको खेलमा ९–० को जित निकालेको हो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा चर्च ब्वाइजलाई जित दिलाउन टोलीका सुशन थापा मगर एक्लैले पाँच गोल गरे । स्वपनील दर्नालले ह्याट्रिक प्रहार गरे । टोलीले भने एक आत्मघाती गोल उपहार पाएको थियो । 

खेलको पहिलो मिनेटमा सुशनले चर्च ब्वाइजलाई अग्रता दिलाए । २८औँ मिनेटमा स्वपनीलले अग्रतालाई दोब्बर बनाए । ३१औँ मिनेटमा सुशनले तेस्रो गोल गरे । यसको तीन मिनेटपछि, ३४औँ मिनेटमा स्वपनीलले अग्रतालाई ४–० सम्म लम्ब्याए । 

५५औँ मिनेटमा टोलीले एक आत्मघाती गोल उपहार पायो । प्लानिङका सेल्बम केसीबाट आत्मघाती गोल भएको थियो । 

६४औँ मिनेटमा स्वप्नीलले पुनः गोल गर्दै अग्रतामा एक गोल थपे । ७३औँ, ८१औँ र ८४औँ मिनेटमा सुशनले एक गोल गरेपछि टोलीले ९–० को जित दर्ता गर्‍यो ।  

जितसँगै डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडले लिगमा पहिलो तीन अंक जोडेको छ । चर्च ब्वाइजले लगातर दुई हारपछि तीन अंक जोडेको हो । टोलीले पहिलो खेलमा फ्रेन्डस् क्लबसँग ७–० र विभागीय टोली एपीएफसँग ३–२ को हार व्यहोरेको थियो ।

उसले अब तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ । खेल आगामी असार २९ गते बिहानको १० बजे हुनेछ । 

दोस्रो हार व्यहोरेको नवप्रवेशी शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइजले भने तेस्रो खेल विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल असार ३० गते दिउँसो ४ बजे हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्