
काठमाडौं । गएको वर्ष असार २८ गते राति नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा ठूलो दुर्घटना भयो । सडकमाथिबाट आएको लेदोसहितको पहिरोले दुई यात्रीवाहक बस त्रिशूली नदीमा खसालेको थियो । बससँगै नदीमा खसेका ३९ जना अझै बेपत्ता छन् ।
एकै ठाउँबाट नदीमा खसेका दुई बसमा ६२ यात्री सवार थिए । उनीहरूमध्ये २० जनाको शव भेटियो । दुर्घटनामा तीनजनाको ज्यान जोगिएको थियो । दुवै बस पनि भेटिएको छैन ।
त्यहाँ सडकमा हाल टेवा पर्खाल निर्माण गरिएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ १५:२८
प्रतिक्रिया दिनुहोस्