देश

काठमाडौं । मकवानपुरमा कौडा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–५, राजदमारका ४६ वर्षीय मिलन थिङसहितका व्यक्तिहरू छन् ।
मिलनको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार (असार २७) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद आठ लाख ३६ हजार ४० रुपैयाँ र तीन सेट कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ १८:१०
प्रतिक्रिया दिनुहोस्