काठमाडौं । अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार भएको फाइनलमा च्याम्पियन्स लिग विजेता फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई ३–० ले हराउँदै इंगल्यान्डको चेल्सी एफसीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।
गत वर्ष फ्रान्सेली लिग, फ्रान्सेली कप, फ्रान्सेली सुपर कप र क्लबको पहिलो च्याम्पियन्स लिग उपाधि जितेको पीएसजीले ऐतिहासिक सिजनलाई कायम राख्ने प्रयास गरेको थियो । तर, गत सिजन प्रिमियर लिगमा चौथो स्थानमा रहेको चेल्सीले ८१ हजार ११८ दर्शकको उपस्थितिमा ट्रफी उचाल्ने पीएसजीको प्रयासलाई असफल बनायो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि दर्शकको रूपमा मेटलाइफ स्टेडियममा उपस्थित थिए ।
चेल्सिको जितमा नायक बनेका थिए कोल पाल्मर । दुई वर्षअघि म्यानचेस्टर सिटीबाट चेल्सीमा आएका २३ वर्षीय पाल्मरले खेलमा दुई गोल गरे भने अर्को गोलका लागि जोआओ पेड्रोलाई गोलका लागि पास दिएका थिए ।
चेल्सीले पीएसजीलाई दबाबमा राख्दै पहिलो विस्तारित फिफा क्लब विश्वकपको फाइनलमा युरोपेली च्याम्पियनलाई ३–० ले हराउन सफल भयो ।
पाल्मरले शनिबार २२औँ र ३०औँ मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट लगभग समान बायाँ खुट्टाले दुई गोल गरे । त्यसपछि ४३औँ मिनेटमा पेड्रोलाई थ्रु पास दिएका हुन् । पेड्रोले गोलकिपर जियानलुजी डोन्नारुमालाई चिप गर्दै चेल्सीसँगको दुई खेलमा आफ्नो व्यक्तिगत तेस्रो गोल गर्न सफल भए ।
२३ वर्षीय पाल्मरले यो सिजन १८ गोल गरेका छन् । पीएसजी ८४औँ मिनेटमा जोआओ नेभ्सले मार्क कुकुरेल्लाको कपाल तानेर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।
खेलको अन्तिम केही मिनेट तनावपूर्ण भएपछि, पीएसजीका प्रशिक्षक लुइस एन्रिके र डोन्नारुमाले पेड्रोलाई मध्यभागमा धकेल्दा दुवै टोलीलाई छुट्याउनु परेको थियो । अलजजिराबाट ।