राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (असार ३०) संसद्मा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विपक्षी दलका नेता प्रचण्डले बोल्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार गठन भएको मंगलबार (असार ३१) एक वर्ष पुग्दै छ । सरकार गठनको एक वर्षलगायत समसमायिक विषयमा प्रचण्डले धारणा राख्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ ११:२८
प्रतिक्रिया दिनुहोस्