site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्सेसँगै घट्यो सेयर कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (असार ३०) ३५.०९ अंकले घटेको छ । नेप्से परिसूचक १.२७ प्रतिशतले घटेर २७२५.७१ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । कारोबार रकम तीन अर्ब २४ करोड ४२ लाख रुपैयाँले घटेको छ । आठ अर्ब १७ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आइतबार (असार २९) ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।  

आज ५० कम्पनीको सेयर मूल्य बढेको छ । १९८ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर समूहको परिसूचक बढेको छ । यो समूहको परिसूचक ०.१५ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्