site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एडिलेडका विष्णु आईसीसीका प्रबल दाबेदार

सिड्नी । गैँडाकोटमा जन्मेर अस्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा अभियन्ता विष्णु तिवारीले आगामी कार्यकाल (२०२५–२७)का लागि गैरआवासीय नेपाली संघ एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य पदमा उमेदवारी घोषणा गरेका छन् ।

एनसीसी अस्ट्रेलिया सदस्यका रूपमा सक्रिय रहँदा प्राप्त अनुभव र जिम्मेवारीले आफूलाई अन्तर्राष्ट्रिय तहमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरित गरेको बताउँदै तिवारीले अब आईसीसी सदस्यको रूपमा कार्य गर्न पूर्ण रूपमा तयार र प्रतिबद्ध भएको बताए । तिवारी वर्तमान एनआरएनए अस्ट्रेलियाका एनसीसी सदस्य हुन् । 

उनले एनआरएनएलाई सबै नेपालीहरूको साझा, समावेशी र विश्वसनीय मञ्च बनाउने दृढ संकल्प लिएर उमेदवार प्रस्तुत गरेको बताएका छन् । प्रवासी नेपालीहरूको हक, हित र सुरक्षाका विषयमा नीति तहमै प्रभावकारी आवाज बुलन्द गर्ने, युवाहरूलाई नेतृत्वमा ल्याउन प्रेरणा दिने, अस्ट्रेलियामा रहेका नेपाली व्यवसाय, शिक्षा र सामाजिक क्षेत्रलाई संस्थासँग जोडेर अघि बढाउने र पारदर्शी, जवाफदेही तथा समावेशी नेतृत्व संस्कृतिको अभ्यास संस्थागत बनाउने स्पष्ट योजना बुन्ने आफ्नो लक्ष्य रहेको सुनाए ।

तिवारीले आगामी जुलाई २६ मा हुने निर्वाचनमा अस्ट्रेलियाबाट आईसीसी सदस्य पदमा विजयी गराउन आग्रह गर्दै सबैको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गरेका छन् । पछिल्लो समय नेपालमा आएको बाढीपहिरोपछि समेत नेपालमा बसेर सेवाभावमा प्रस्तुत गरेका थिए । भूकम्पले थलिएको बेला होस् या बाढीपहिरोको समय एनआरएनएको राहत वितरणमा समेत सक्रिय रहेका विष्णु एनआरएनए अस्ट्रेलियामा चिनिएका एक अनुहार समेत हुन् ।

सामाजिक क्षेत्रमा सक्रिय रहने तिवारी अस्ट्रेलियाबासी नेपालीले आफूलाई सदैव माया गर्ने कुरामा विश्वस्त रहेको बताउँछन । अस्ट्रेलियामा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र नेपाली भाषाको सम्वर्धन गर्ने आफनो अभियान यस पटकको विशेष नारा समेत रहेको तिवारीले सुनाए । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २३:१८
प्रतिक्रिया दिनुहोस्