
काठमाडौं । नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइने भएको छ ।
घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।
बालुवाटार स्रोतका अनुसारलाई, उनलाई आजै नियुक्त गर्ने तयारी गरिएको छ ।
न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकामा मेयरको उमेदवार बनेकी थिइन् । कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन् । त्यसपछि उनी राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट ०७६ माघमा निर्वाचित भएकी थिइन् ।
उनी २०७६ फागुनमा राष्ट्रिय सभा सदस्य चयन भएकी थिइन् । उनको छ वर्षे कार्यकाल सकिन लागेको छ ।