site stats
बाह्रखरी :: Baahrakhari
खेल
शीर्ष डिभिजन लिगको नयाँ लोगो डिजाइन गर्न आवेदन आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शीर्ष डिभिजन लिगको नयाँ लोगो डिजाइन गर्न आवेदन आह्वान गरेको छ । मंगलबार एन्फाले सूचना जारी गर्दै नयाँ लोगो डिजाइन गर्न आवेदन खुला गरेको जनाएको हो । 

एन्फाको यस वर्षको क्यालेन्डरअनुसार, शीर्ष डिभिजन लिग आगामी पुसदेखि जेठ ३१ गतेसम्म हुने तालिका छ । 

एन्फाका अनुसार, लोगोमा फुटबलको भावना, राष्ट्रप्रेम र सहिदहरूप्रतिको सम्मान झल्किएको हुनुपर्नेछ । एन्फाले उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ३५ हजार रुपैयाँबाट पुरस्कृत गर्नेछ । डिजाइनरहरूका निम्ति डिजाइन बुझाउने अन्तिम मिति भदौ १५ गते (अगष्ट ३०, २०२५) तोकिएको छ । 

त्यसैगरी लोगोको निम्ति मापदण्ड समेत तोकिएको छ । मापदण्डअनुसार लोगोमा फुटबलको प्रतिक, नेपाली पहिचान, सहिदको सम्मान र प्रतिनिधित्व गर्ने चिह्न वा कल्पना हुनुपर्नेछ । 

डिजाइनरहरूले लोगो एआई (एडब इलुस्ट्रेटर)मा पेस गर्नुपर्ने जनाइएको छ । अन्य कुनै लोगोबाट नक्कल गरिएको नहुने बताइएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्