site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रशासनिक संघीयतालाई सुदृढ बनाउन जोड दिन्छु : नवनियुक्त मन्त्री न्यौपाने

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताएकी छन् । बुधबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी छन् । 

उनले प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन नसक्ने उल्लेख गरिन् । कर्मचारी व्यवस्थापनमा समस्या रहेको र तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने उनको दाबी छ । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताइन् ।

"प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्छ । सुदृढ नबनाइ संघीयता बलियो हुन सक्दैन । कर्मचारी व्यवस्थापनमा समस्या छ । तीन तहका कर्मचारी व्यवस्थापनमा जुन प्रकारको समस्या छ, त्यो तीन तहको कर्मचारी व्यवस्थापनलाई सबैभन्दा पहिला ध्यान दिनुपर्छ भन्ने उद्देश्य छ । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्नुपर्छ भन्ने मेरो प्राथमिकता छ," उनले भनिन् ।

मन्त्री न्यौपानेले जनतालाई आभास हुनेगरी आफूले कार्य सम्पादन गर्ने दाबी गरिन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्