site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आयोजना प्रमुख नफेर्न र तीन ‘सिफ्ट’मा काम गर्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आयोजना प्रमुखलाई आयोजना नसकिएसम्म नफेर्न निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अंक हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने गरी मापदण्ड तयार गरी कार्यान्वयन गर्न भनेको हो ।

"आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाको आधारमा आयोजना प्रमुख छनोट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अंक हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने गरी मापदण्ड तयार गरी कार्यान्वयन गर्नु हुनेछ," बुँदा नम्बर २८ मा उल्लेख छ ।

यसका साथै, आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न र तोकिएको समयमा नै सम्पन्न गर्न तथा तीव्रता ल्याउन दैनिक तीन ‘सिफ्ट’मा काम हुने व्यवस्था मिलाउन पनि सो बुँदामा भनिएको छ ।

सार्वजनिक खरिदसम्बन्धी नमुना बोलपत्र कागजात निर्माण, परिमार्जन र नेपालीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । नतिजाप्रति आयोजना प्रमुख र निर्माण व्यवसायीलाई थप जवाफदेही बनाउन पनि भनिएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्