site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा २४ घण्टामा बाढीका कारण ६३ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको प्राकृतिक प्रकोप व्यवस्थापन एजेन्सी (पीडीएमए)का अनुसार पछिल्लो २४ घण्टामा भारी वर्षाका कारण ६३ जनाको मृत्यु भएको छ ।  

बीबीसी उर्दूले विभिन्न एजेन्सीहरूलाई उद्धृत गर्दै जनाएअनुसार २४ घण्टामा पाकिस्तानको पञ्जाबको चकवालमा ४०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । 

यो वर्षको वर्षाका कारण पञ्जाब प्रान्तमा १०३ जनाको ज्यान गइसकेको छ ।  

पीडीएमएले वर्षाका कारण पञ्जाबका नदी र खोलाहरूमा बाढीको चेतावनी जारी गरेको र मानिसहरूलाई पुराना, माटो र इँटाले बनेका घरहरूमा नबस्न आग्रह गरेको छ । 

एजेन्सीका प्रमुखले बताएअनुसार उद्धार कार्यका लागि सेनाका हेलिकोप्टरहरूसहित सबै उपलब्ध स्रोतहरूको प्रयोग भइरहेको छ । 

पञ्जाबको झेलममा अचानक आएको बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्न अभियान जारी छ । 

हालसम्म झेलमको बाढीबाट ५७ जनालाई सुरक्षित उद्धार गरिएको छ भने मियाँवाली, रावलपिण्डी, चकवाल, अटक, डीजी खान, रहीम यार खान, राजनपुर र लैयाहमा उद्धार कार्य जारी छ ।  

पञ्जाबमा मनसुन र बाढी उद्धार अभियानका लागि ८०० भन्दा बढी उद्धार डुंगा र १५ हजारभन्दा बढी उद्धारकर्मीहरू उच्च सतर्कतामा राखिएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्