देश
ज्वाला संग्रौलाको निवेदनमा दुर्गा प्रसाईंविरुद्धको मुद्दा : अभियोग दाबी नपुग्ने फैसला

काठमाडौं । ज्वाला संग्रौलाको निवेदनमा नेपाल सरकारका तर्फबाट दुर्गा प्रसाईंविरुद्ध हालिएको मुद्दा खारेज भएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार उक्त मुद्दा खारेज हुने फैसला गरेको हो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मुद्दा खारेज हुने फैसला गरेको हो ।
युवा संघका नेता रोशन सुवेदीले जथाभावी सामाजिक सञ्जालमा बोलेको भन्दै मुद्दा हालेका थिए भने संग्रौलाको उजुरीमा साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनले जिल्ला सरकारी वकिलले मुद्दा दायर गरेका थिए ।
दुवै मुद्दामा जिल्ला अदालतले अभियोग दाबी नपुग्ने फैसला गरिदिएको हो । गत असार ३२ मा नै फैसला भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२ १८:२१
प्रतिक्रिया दिनुहोस्