site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोलीको बन्द प्रशिक्षण ३२ खेलाडीमा घटाइयो

काठमाडौं । ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीका निम्ति बोलाइएको बन्द प्रशिक्षण ३२ खेलाडीमा घटाइएको छ । शनिबार (साउन २) यू–२३ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले ४० खेलाडीको प्रारम्भिक टोलीलाई ३२ मा ल्याएका हुन् ।

प्रतियोगितामा नेपाल समूह ‘के’मा छ । यो समूहमा नेपालसँगै  ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् ।

एएफसीका अनुसार, नेपालले छनोटअन्तर्गत सेप्टेम्बर ३ मा ताजकिस्तानसँग खेल्नेछ । नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ । नेपालले चार वर्षअघि सन् २०२१ को नोभेम्बरमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।   

एन्फाले शनिबार नै खेलाडीहरूको नाम पनि सार्वजनिक गरेको छ । एन्फाका अनुसार, बन्द प्रशिक्षणमा अभिषेक स्याङ्ताङ, अभिषेक वाइबा, आयुष घलान, आयुष तिमल्सिना, अमित तमाता, अनिल बोम्जन, अनिस क्षेत्री, आरोन थापा, विवेक गुरुङ, विशाल केसी, विशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जनमजय धामी, जयराथ शेख, क्रिशल मोक्तान, क्रृतिसरन्त छुजँु, लहान सुब्बा, निग्मा लामा, निरज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सविन घिमिरे, सञ्जीव लामा, शंकर थारु, सन्तोष खत्री, सिमान्त थापा, सुजन मगर र सुमित श्रेष्ठ छन् ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्