site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्मी प्लानिङसँग पराजित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा यू–१६ युथ लिगमा नवप्रवेशी शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडसँग पराजित भएको छ । 

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न अन्तिम खेलमा प्लानिङले आर्मीलाई २–१ ले पराजित गरेको हो । 

प्लानिङको जितमा रविनकुमार लुंगेली मगर र आशिक स्याङताङले समान एक गोल गरे । आर्मीका नीरज अधिकारीले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

खेलमो १३औँ मिनेटमा प्लानिङका रविनले टोलीलाई अग्रता दिलाए । २४औँ मिनेटमा आर्मीका नीरजले गोल गर्दै टोलीलाई खेलमा फर्काए । यसको सात मिनेटपछि, प्लानिङका आशिकले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । प्लानिङले यही अग्रतालाई अन्तिम मिनेटसम्म जोगाउँदै जित पक्का गरेको हो । 

जितसँगै प्लानिङले लिगमा ६ अंक जोडेको छ । प्लानिङले ६ खेलमा दुई जित र चार हारसहित ६ अंक बनाएको हो । उसले अब सातौँ खेलमा हिमाललयन शेर्पासँग खेल्नेछ । खेल आउँदो मंगलबार (साउन ६ गते) दिउँसो ४ बजे हुने तालिका छ । 

पराजित आर्मीले भने सातौँ खेलमा मनाङ म्स्याङदी क्लबसँग  खेल्नेछ । खेल आउँदो बुधबार (साउन ७ गते) बिहान १० बजे हुने तालिका छ । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्