site stats
बाह्रखरी :: Baahrakhari
देश
यी ६ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । मेची, कालीगण्डकी करिडोर, सहिद राजमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन’ बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३, तरङखोलामा बाढीका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।

रोल्पाको थबाङ गाउँपालिका–१ र २ मा पहिरो खस्दा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । 

सोमबार (साउन ५) बिहान ९ बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकको सूची हेर्नोस्–

dfamg-1753073125.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्