
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकसाथ प्रहरी उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बढुवा सिफारिस गरेको छ ।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा बस्ने बढुवा समितिको बैठकबाट सोमबार (साउन ५) ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । लामो समयदेखि रिक्त ११ एसएसपीका निम्ति ३३ एसपी प्रतिस्पर्धामा थिए ।
एसएसपीमा बढुवा सिफारिस गरिएकामा तुलबहादुर कार्की, राकेश सिंह, राजीव बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल छन् ।
यस्तै, ११ डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । १३ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ ।
डीएसपीहरू अनिल खड्का, महेश थापा, दीपेन्द्र थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर साह, सुनील मल्ल र दीपक खड्का एसपी बढुवा सिफारिस भएका छन् ।
यसैगरी, इन्स्पेक्टरहरू वसन्त गौतम, पञ्चलाल गोले, होमप्रसाद चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्र खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाललाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ ।
एसपी, डीएसपी र इन्स्पेक्टरको बढुवाका निम्ति प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा समितिको अध्यक्ष रहने व्यवस्था छ ।