site stats
बाह्रखरी :: Baahrakhari
खेल
संकटासँग सातदोबाटो पराजित

काठमाडौं । संकटा क्लबले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा संकटाले लिगअन्तर्गत सातदोबाटोलाई ५–१ ले पराजित गरेको हो  । 

संकटाको जितमा सुमित बलाम्पकी र लालवीर शार्कीले समान दुई गोल गरे । त्यसैगरी, करन भूलले पनि एक गोल गरे । सातदोबाटोका आरिस कार्कीले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

खेलको नवौँ मिनेटमा सुमितले संकटालाई अग्रता दिलाए । ३२औँ  र ३८औँ मिनेटमा लालवीरले गोल गरेपछि संकटाले ३–० को अग्रता लियो । 

४८औँ मिनेटमा सातदोबाटोका आरिशले गोल गर्दै टोलीलाई १–३ को अवस्थामा ल्याए । 

खेलको इन्जुरी समयमा संकटाका करनले अग्रतामा एक गोल थपे । इन्जुरी समयमा सुमितले दोहोरो गोल गर्दै संकटाको जित सुनिश्चित गरे । 

संकटाको यो छैटौँ जित हो । सकंटाले सात खेल खेल्दा ६ जित र एक हारबाट १८ अंक जोडेको हो । उसले अब सातौँ जितको लागि मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो बिहीबार (साउन ८ गते) दिउँसो १ बजे हुने तालिका छ । 

पराजित सातदोबाटोले भने अब आठौँ खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो शुक्रबार (साउन ९ गते) बिहान १० बजे हुने तालिका छ । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्