site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जापान र अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता, १५ प्रतिशत आयात कर

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति जापानसँग बहुप्रतिक्षित व्यापार सम्झौता भएको घोषणा गरका छन् ।  यो सम्झौता केही हप्ता अघिसम्म मित्र राष्ट्रहरू र प्रमुख व्यापारिक साझेदारहरूबीच असम्भव देखिएको सीएनएनले जनाएको छ ।

“हामीले जापानसँग एक बृहत सम्झौता सम्पन्न गरेका छौँ, सायद अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो,” ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै  भने ।

सम्झौताअनुसार अमेरिकी आयातकर्ताहरूले अमेरिकामा निर्यात हुने जापानी वस्तुहरूमा १५ प्रतिशत पारस्परिक कर तिर्नेछन् । जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी पनि गर्ने राष्ट्रपतिले बताए ।

ट्रम्पले अमेरिकाले यो सम्झौताबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने बताए । उनले ती लगानीहरू कसरी हुने र नाफा कसरी गणना गर्ने भनेर स्पष्ट पारेका छैनन् । 

“यो सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्नेछ । यस्तो कहिल्यै भएको थिएन । सायद सबैभन्दा महत्वपूर्ण कुरा, जापानले कार र ट्रक, चामल तथा केही अन्य कृषि उत्पादनहरूसहित व्यापारका लागि आफ्नो ढोका खोल्नेछ,” ट्रम्पले भनेका छन्, “जापानले संयुक्त राज्य अमेरिकालाई १५ प्रतिशत पारस्परिक कर तिर्नेछ ।” 

पोस्ट गरेको केही समयपछि ट्रम्पले रिपब्लिकन कंग्रेसका सदस्यहरूसँगको स्वागत समारोहमा भने, “मैले इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता हस्ताक्षर गरेको छु । मलाई लाग्छ यो जापानसँगको सम्भवतः इतिहासकै ठूलो सम्झौता हो ।”

जापानका शीर्ष व्यक्तिहरूसँग लामो र कठिन मिहिनेतपछि सम्झौता भएको ट्रम्पले बताएका छन् । सीएनएन

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्