site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक  बस्न लागेको हो ।  

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ । बैठक बिहान साढे ८ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०५:४६
प्रतिक्रिया दिनुहोस्