site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफको संघर्षपूर्ण जित

काठमाडौं । सशस्त्र प्रही बलको एपीएफ फुटबल क्लबले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी)विरुद्ध संघर्षपूर्ण जित निकालेको छ । एपीएफले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एनआरटीविरुद्ध १–० को जित निकालेको हो । 

एपीएफको जितमा प्रशिस खनाल नायक बने । प्रशिसले दिलाएको गोललाई नै अन्तिम समयसम्म जोगाउँदै एपीएफले जित निकालेको हो । उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका हुन् । 

एपीएफले जितसँगै लिगमा १५ अंक बनाएको छ । लिगको पाँचौँ जित निकालेको एपीएफले आठ खेल खेल्दा पाँच जित र तीन हार बेहोरको छ । उसले अब नवौँ खेलमा फ्रेन्डस् क्लबसँग खेल्नेछ । खेल आगामी आइतबार (साउन ११ गते) बिहानको १० बजे हुनेछ । 

पराजित एनआरटीले नवौँ खेलमा प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ । खेल आगामी आइतबार अपराह्न ४ बजे हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्