
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेका छन् । निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक डाकेका हुन् ।
बैठकका लागि कुनै मुद्दा तय नभएको भन्दै समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।
नेपाली कांग्रेसको संस्थापन पक्षका सात पदाधिकारीले नेता डा. शेखर कोइरालाको भूमिकामा प्रश्न उठाएका छन् । त्यसबाहेक सिंग्रो संस्थापनइतरले र सातभाइले समेत सरकारका विषयमा प्रश्न उठाइरहेका छन् ।
यसले सरकारको राजनीतिक धरातल कमजोर बनाइरहेका बेला देउवाले आफूनिकट पदाधिकारीलाई सरकारविरुद्ध नबोल्न निर्देशन दिइसकेका छन् ।
निजामती विधेयकको ‘कुलिङ परियड’ र भूमि अध्यादेश अघि बढाउने विषयमा एमालेसँग ‘देखिने’ द्वन्द्व चलिरहेको छ । सत्ता साझेदारका हैसियतमा यसमा कांग्रेसले साझा धारणा बनाउन सक्नेछ ।