site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले कतारबाट आफ्नो वार्ता टोली फिर्ता बोलायो

काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासले पछिल्लो युद्धविराम प्रस्तावको जवाफ दिएपछि वार्ताकारहरूलाई थप परामर्शका लागि कतारबाट फिर्ता बोलाइएको बिहीबार बताएको छ ।

“हमासले आज बिहान दिएको जवाफको आधारमा वार्ता टोलीसँग थप परामर्शका लागि इजरायल फर्काउने निर्णय गरिएको छ,” प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा बताएको छ ।

इजरायलले कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका विशेषदूत स्टिभ विटकफको वार्तामा सफलता हासिल गर्न गरेको प्रयासको प्रशंसा गरेको छ । 

इजरायलको बिहीबार कतारबाट आफ्नो वार्ता टोली फिर्ता बोलाउने निर्णय गाजा युद्धविराम वार्तामा संकटको संकेत नभएको, यस विषयमा जानकार एक इजरायली स्रोतले सीएनएनलाई बताए ।

टोलीलाई दोहाबाट फिर्ता बोलाइनुको कारण वार्ताको अवस्थासम्बन्धी निर्णयहरू लिनुपर्ने  भएकाले हो । जुन भिडियो वा फोनमार्फत गर्न नसकिने स्रोतले बताएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्